बिर्तामोडमा सासूलाई कुटपिट गर्ने ज्वाइँ पक्राउ
झापाको बिर्तामोडमा सासूलाई कुटपिट गर्ने ज्वाइँ पक्राउ परेका छन् । हिजो साँझ ७.३० बजे बिर्तामोड– १० पश्चिम बिराटपोखर बस्ने ५३ वर्षीया हिमकला पौडेललाई उनका ज्वाइँ ललितपुर महाकाल गाउँपालिका-२ घर भएका ३० वर्षीय ज्ञानेन्द्र बजगाईँले कुटपिट गरेका हुन् । बजगाईँ विगत दुई वर्षदेखि ससुरालीमा बस्दै आएका छन् । सामान्य घरायसी विवाद भई कुटपिट गर्दा सासू हिमकलाको नाकमा चोट लागेको छ । उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको छ । कुटपिट गर्ने बजगाईँलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
त्यस्तै जग्गासम्बन्धी विवादमा कुटपिट गर्ने अर्जुनधारा-९ बस्ने ३० वर्षीय डिल्लीराम बास्कोटालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ बास्कोटाले बिर्तामोड-४ बस्ने ५० वर्षीय शिवप्रसाद पाठकलाई कुटपिट गरेका थिए । बास्कोटालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।