२०८२ माघ ५ गते , सोमबार

एसबीआई बैंकमा ३ करोड लुटपाट, सुरक्षागार्ड घाइते, लुटेरा फरार

sajilo news
झापा
२०८२ पौष ३० गते , बुधबार
एसबीआई बैंकमा ३ करोड लुटपाट, सुरक्षागार्ड घाइते, लुटेरा फरार

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा आज्ञत समूहले गएराति लुटपाट गरेको छ। 
घ्याङलेक– २ मा रहेको बैंकमा करिब ७ जनाको समुहमा रहेका नकाबधारी समुहले बैंकका सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई बाँधेर पेस्तोल देखाई  ३ करोड १० लाख ९५ हजार २८३  रुपैयाँ लुटेका हुन् । 

लुटिएको रकम मध्ये स्थानियको सहयोगमा १ करोड ८० लाख १० हजार ५००  जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार सुरक्षागार्ड घाइते छन् । 

हालसम्म लुटपाटमा संलग्न कोही पनि पक्राउ परेका छैनन् । उनीहरुको खोजि भइरहेको प्रहरी प्रमुख सुवेदीले बताए । लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको ०३९८ नम्बरको टाढा सुमो जीप तथा चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार