२०८२ माघ ५ गते , सोमबार
झापामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, कारसहित चालक फरार
झापाको कनकाई पुलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८ः३० पूर्व-पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका ४ कोटिहोमस्थित कनकाई पुलमा तत्काल नम्बर नखुलेको सेतो रंगको कारले विपरीत दिशाबाट आउँदै गरेको बीएएबी ६१२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका ४ का ३५ वर्षीय कमल पराजुली घाइते भएका थिए ।
टाउकोमा चोट लागेका घाइते पराजुलीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए। ठक्कर दिएर कार फरार रहेको छ । कार चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।