२०८२ माघ ५ गते , सोमबार
भद्रपुरमा माछा बोकेको पिकअप पल्टिदा दुईजना घाइते
भद्रपुरमा पिकअप पल्टिदा दुईजना घाइते भएका छन् । आज बिहान ११ बजे भद्रपुर नगरपालिका वडा न. ६ गिरी चोकमा बनियानीबाट चन्द्रगढीतर्फ जाँदै गरेको को २ च १६४६ न. को पिकअप आफै अनियन्त्रित भई पल्टिदा पिकअपमा सवार दुईजना घाइते भएका हुन् । बिर्तामोड-१ बस्ने अन्दाजी वर्ष ४५ का विक्रम सहनी र सोही ठाउँ बस्ने अन्दाजी वर्ष ४२ का तेजेन्द्र सहनी घाइते भएका हुन् ।
पिकअप चालक दमक नगरपालिका-९ बस्ने अन्दाजी वर्ष २२ का सुमन लम्जेल सार्की ,कमल वडा न. ६ बस्ने अन्दाजी वर्ष २२ का राहुल सहनी र बिर्तामोड-१ बस्ने अन्दाजी वर्ष ३९ का विष्णु पौडेललाई केही नभएको प्रहरीले जनाएको छ ।