२०८२ माघ ५ गते , सोमबार

कनकाई माई मेला जाँदै गरेकाे पिकअप गाडीसँग बस ठाेक्किदा आमा-छोरीकाे मृत्यु

sajilo news
पार्थ मण्डल
२०८२ माघ १ गते , विहीबार
कनकाई माई मेला जाँदै गरेकाे पिकअप गाडीसँग बस ठाेक्किदा आमा-छोरीकाे मृत्यु

कनकाई माई मेला जाँदै गरेकाे पिकअप गाडीसँग बस ठाेक्किदा आमा छाेराकाे मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-७ की ४० वर्षीया सुस्मा राजवंशी र उनकी डेढ वर्षीय छोरी आरुती राजवंशी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका ३ स्थित नयाँ बस्तीमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठाेक्किदा  दुर्घटना भएको हो । 

घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये  दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । माघ १ गते माघे संक्रान्तिको अवसरमा माई नदीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त पिकअप गाडी माई मेला जाँदै थिए । 

सम्बन्धित समाचार