२०८२ माघ ५ गते , सोमबार

झापाको भुतेनी खोलामा डुबेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ माघ १ गते , विहीबार
झापाको भुतेनी खोलामा डुबेर एकजनाको मृत्यु

झापाको भुतेनी खोलाको बाँधमा डुबेर एकजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका– १० समावेशी टोलस्थित भुतेनी खोलामा डुबेर तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५० का पुरुषको मृत्यु भएको हो ।

मृतकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोड टोली गएको थियो । मृतकको पहिचान तथा आफन्तको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार