२०८२ माघ ५ गते , सोमबार

झापाका एसपी राजन लिम्बूलाई मातृशोक

sajilo news
झापा
२०८२ माघ १ गते , विहीबार
झापाका एसपी राजन लिम्बूलाई मातृशोक

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूलाई मातृशोक परेको छ । प्रहरी उपरीक्षक लिम्बूकी आमा सुनसरी वराहक्षेत्र नगरपालिका-९ राजाबासमा बस्ने विष्णुमाया लिम्बूको गएराति ८.१० बजे ९२ वर्षको उमेरमा निधन भएको हो । उनी केही समयदेखि अस्वास्थ्य रहेकी थिइन् ।

प्रहरी उपरीक्षक लिम्बू तीन जना दिदी र ६ जना दाजुभाइमध्ये अन्तरे हुन् । लिम्बूका पिता लालबहादुर लिम्बूको निकै वर्षअघि स्वर्गारोहण भएको थियो ।

सम्बन्धित समाचार