२०८२ माघ ५ गते , सोमबार

झापा ५ मा ओली र बालेनलाई पछार्नेछौँ : हर्क साम्पाङ

sajilo news
झापा
२०८२ माघ १ गते , विहीबार
झापा ५ मा ओली र बालेनलाई पछार्नेछौँ : हर्क साम्पाङ

श्रम,संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई पछार्ने बताएका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले भने,'हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ ।'

जति नै भ्रमको अँध्यारो छरे पनि आफू आएर बोलेपछि एक सेकेण्ड पनि भ्रम नटिक्ने उनले दाबी गरे ।  झापा ५ मा ओलीको चुनावी क्षेत्र हो, यस क्षेत्रबाट यस पटक बालेन उठ्ने छन् ।

सम्बन्धित समाचार