२०८२ माघ ५ गते , सोमबार

प्रहरीबाट लुटिएको हतियार गाडेको अवस्थामा फेला

sajilo news
झापा
२०८२ माघ २ गते , शुक्रबार
प्रहरीबाट लुटिएको हतियार गाडेको अवस्थामा फेला

जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको थप एक थान हतियार बरामद भएको छ । आज बिहान दमक-१ सुकुम्वासी बस्ती बस्ने डेकबहादुर थापाको घरभित्रबाट एक थान सर्टगन फेला परेको हो । थापाको घरभित्र हतियार लुकाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमान्डमा प्रहरी टोली खटिएर थापा बस्ने गरेको जस्ताको बेराले बनेको जस्ताको छानो भएको टहराभित्र खानतलासी गरेको थियो ।

त्यस क्रममा बटको भागमा १३२०४४७ नम्बर लेखिएको सर्टगनको बटको भाग थान–१ बेसाबुत हतियारको पार्टपुर्जा सोही टहराको भुईँमा बालुवाले पुरी राखेको अवस्थामा फेला परेको थियो । उक्त हतियार भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको अभिलेखबाट देखिएको छ । उक्त हातहतियारको पार्टपुर्जा कानुन बमोजिम बरामद गरी सुरक्षित साथ इप्रका दमकमा राखिएको छ ।

घरधनी थापाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेनजी आन्दोलनमा जिल्लाका प्रहरी कार्यालयहरूबाट लुटिएका १५ थान हतियार अझै गायब नै रहेको छ ।

सम्बन्धित समाचार