२०८२ माघ ५ गते , सोमबार

बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एक युवतीको मृत्यु

sajilo news
झापा
२०८२ माघ ५ गते , सोमबार
बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एक युवतीको मृत्यु

बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एकजना युवतीको मृत्यु भएको छ । गएराति १०:५० बजे बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र. १–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वानस्टप मलदेखि अधुवा खोलातर्फ जाँदै गरेको मे १ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक गौरादह-३ बस्ने बर्ष २४ का निरज कार्की र मोटरसाइकलमा पछाडी सवार दमक बस्ने बर्ष २२ की सुजाता बुढाथोकी घाइते भएका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी सुजातालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको हो । शव सोही अस्पतालमै रहेको छ ।

सम्बन्धित समाचार