२०८२ माघ ५ गते , सोमबार
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, चुनावको हटस्पट मानिएको झापामा बसुन्धरा खड्का आउँदै
नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) को एकै पटक सरुवा गरेको छ । गृह मन्त्रालयले गरेको सरुवामा जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूको पनि सरुवा भएको छ ।
उनको मानव बेचबिखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको हो । लिम्बूको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट बसुन्धरा खड्का आउने भएकी छन् । चुनावको हटस्पट मानिएको झापामा जिल्लामा पहिलो पटक महिला एसपी आउन लागेको हो ।




