२०८२ माघ ५ गते , सोमबार

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

sajilo news
झापा
२०८२ माघ ५ गते , सोमबार
खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्रालयको पदभार ग्रहण गरेका गुप्ताले राजीनामा बुझाएको उनको स्वकीय सचिव विनोद रिमालले जानकारी दिए। 

‘उहाँले राजीनामा बारेमा जानकारी गराइसक्नु भएको छ। तर आज सार्वजनिक बिदाको दिन परेकाले प्रधानमन्त्री कार्यालयमा चिठ्ठी बुझिइसकेको भने छैन,’ उनले अन्नपूर्ण पोष्टसँग भने। 

३ महिना युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका बब्लुले आगामी चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ। हाल उनी तराईका जिल्लाहरूमा रहेका छन्। उनको राजीनामासँगै युवा तथा खेलकुद मन्त्रालय पुनः मन्त्री विहीन बनेको छ। 

सम्बन्धित समाचार