२०८२ माघ २१ गते , बुधबार

झापामा मोटरसाइकलको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

sajilo news
झापा
२०८२ माघ १९ गते , सोमबार
झापामा मोटरसाइकलको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट घाइते साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । माघ १६ गते दिउँसो साढे ४ बजेको समयमा हुलाकी राजमार्ग अन्तरगत झापा गाउँपालिका-२ सडकवारिमा गौरीगंजबाट झापा बजारतर्फ आउँदै गरेको प्र १-०२-०५४ प ९३९३ नम्बरको मोटरसाइकलले झापा बजारबाट सडकबारीतर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी साइकल यात्री झापा गाउँपालिका-२ निवासी ७१ वर्षीय वृद्ध गणेशकुमार भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो । उनको सोही अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यता मोटरसाइकल र मोटरसाइकल चालक मोरङ विराटनगर १४ का २८ वर्षीय हेमन्त कुमारलाई प्रहरी नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार