२०८२ माघ २६ गते , सोमबार
झापाको बिरिङ खोलामा ट्याक्टरले किचेर सहचालकको मृत्यु
झापाको बिरिङ खोलामा आज बिहान ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । अर्जुनधारा- ७ स्थित बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडी बढाउने क्रममा प्र१–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सह–चालक अर्जुनधारा ३ बस्ने हर्क श्रेष्ठका छोरा वर्ष १६ का सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा उनलाई पछाडिको चक्काले किचेको थियो । घाइतेलाई उपचारको लागि शङ्कर अस्पताल शनिश्चरे ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर ट्याक्टर र ट्याक्टर चालक अर्जुनधारा ७ बस्ने ४६ वर्षीय पदमबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ । साथै ट्याक्टरका साहु अर्जुनधारा ४ बस्ने ५६ वर्षीय अशोकलाल दनुवारलाई पनि प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।