२०८२ चैत्र २६ गते , विहीबार

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट, घरबाटै काम गर्न सरकारको आह्वान

sajilo news
काठमाडौं
२०८२ चैत्र २४ गते , मंगलबार
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट, घरबाटै काम गर्न सरकारको आह्वान

सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय भएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्। 
सरकारले 'वर्क फ्रम होम' अर्थात् घरबाटै काम गर्न समेत आह्वान गरेको छ। बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो।  सरकारले 'वर्क फ्रम होम' र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको मन्त्री रावलले बताइन्। सरकारले यसअघि नै सरकारी कार्यालय र शैक्षिक संस्थानमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताउँदै मन्त्री रावलले सवारीसाधनमा पनि जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भइरहेको बताइन्।  'मूल्य समायोजनको बाध्यता छ, सरकारले यो तथ्य लुकाउँदैन। त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ। 


 

सम्बन्धित समाचार