२०८२ चैत्र २६ गते , विहीबार

जीवनाथ सुवेदीलाई चूडामणि रेग्मी साहित्य भाषा पुरस्कार प्रदान गरिने

sajilo news
झापा
२०८२ चैत्र २४ गते , मंगलबार
जीवनाथ सुवेदीलाई चूडामणि रेग्मी साहित्य भाषा पुरस्कार प्रदान गरिने

भद्रपुर । झापाको कनकाई नगरपालिका सुरुङ्गा निवासी साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको “चूडामणि रेग्मी साहित्य भाषा पुरस्कार” प्रदान गरिने भएको छ। लेखनाथ पुस्तकालयको अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले आगामी चैत २९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

२५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार चूडामणि रेग्मीका छोरा प्रदीपमणि रेग्मीले स्थापना गरेका हुन्  । आफ्ना बुवाको जन्मदिनको अवसर पारेर हरेक वर्ष चैत २९ गते एक जना साहित्यकारलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार प्रदान गरिँदै आएको छ। यस वर्षको पुरस्कार जीवनाथ सुवेदीलाई प्रदान गर्ने निर्णयसँगै साहित्यिक क्षेत्रमा उनको योगदानको कदर गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार