२०८२ चैत्र २६ गते , विहीबार
काँकडभिट्टामा ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ
झापाको काँकडभिट्टामा लागू औषध ब्राउन सुगरसहित कमलका एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार दिउँसो ३:३० बजे मेचीनगर– ६ सङ्गीता ठ्याकमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पैदल हिँड्दै गरेका कमल गाउँपालिका-६ बस्ने वर्ष २४ का नवराज भट्टराईलाई शंका लागेर शरीर तलासी लिएको थियो ।
त्यसक्रममा उनको साथबाट प्लास्टिकबाहेक ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । लागू औषधसहित नियन्त्रणमा लिई उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।