२०८२ चैत्र ३० गते , सोमबार

इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु

sajilo news
झापा
२०८२ चैत्र २९ गते , आईतबार
इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु

दाङ तुलसीपुर उपमहानगरपालिका- १६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर आज एक मजदुरको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो।

पर्खालमा  च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते रुपमा घाइते भएका छन्। दाङमा प्राथमिक उपचार गरेर उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ । 

सम्बन्धित समाचार