२०८३ बैशाख ३ गते , विहीबार

राजकीय सम्मानका साथ आशा भोसलेको अन्त्येष्टि

sajilo news
एजेन्सी
२०८२ चैत्र ३० गते , सोमबार
राजकीय सम्मानका साथ आशा भोसलेको अन्त्येष्टि

भारतीय गायिका आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि मुम्बईको शिवाजी पार्कमा गरिएको हो । उनको अन्तिम यात्रामा हजारौँ मानिसहरूको उपस्थिति रहेको थियो।

आशा भोसलेको पार्थिव शरीरलाई सेतो र पहेंलो फूलले सजाइएको एउटा वाहनमा राखी शिवाजी पार्क लगिएको थियो। उनको अन्तिम यात्राका क्रममा सर्वसाधारणहरू भावुक देखिएका थिए।

भोसलेलाई शनिबार साँझ हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको आइतबार बिहान निधन भएको थियो।

उनको निधनले नेपाली र भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ। आशाले नेपाली फिल्मका लागि दर्जन बढी कालजयी गीत गाएर नेपाली श्रोताको मनमा गहिरो छाप छाडेकी छन्। 

गैरी खेतको शीरै हान्यो,एउटा मान्छे मन पर्छ,यति धेरै माया दियौ,लै बरि मेरो मायालु,म प्यार बेचिदिन्छु,सिक्रेट नदेऊ म बिडी खानेलाईलगायत गीतहरू आज पनि श्रोतामाझ उत्तिकै रुचाइएका छन्।

सम्बन्धित समाचार