२०८३ बैशाख ४ गते , शुक्रबार
सशस्त्रद्वारा गैँडाको खाकसहित ४ जना पक्राउ
सुनसरीको बुर्जमा गैँडाको खाक जस्तो देखिने वस्तुसहित ४ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज साँझ करिब साढे ७ बजेको समयमा बुर्ज गाउँपालिका–६ स्थित बुर्ज तालको पूर्व गेटबाट अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोली उनीहरूलाई गैँडाको खाकसहित पक्राउ गरेको हो ।
गैँडाको खाकलाई मोटरसाइकलमा लुकाइछिपाई राखी मोलमोलाइ गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको बराह बाहिनीले जनाएको छ । नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, इनरुवा सुनसरीमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।