२०८३ बैशाख ५ गते , शनिबार
जंगली हात्तीको आतंकः भद्रपुरमा मकैबाली नष्ट, एक लाख बराबरको क्षति
भद्रपुर । भद्रपुर नगरपालिका–३ रंगेडाँडा क्षेत्रमा जंगली हात्तीले मकैबालीमा क्षति पुर्याएको छ । गएराति कालिका मन्दिर सामुदायिक वनबाट आएको जंगली हात्तीले स्थानीय बासिन्दा हिरालाल राईको करिब १० कट्ठा खेतमा लगाइएको मकैबाली खाई नष्ट गरेको हो । प्रहरीका अनुसार मकैबाली नष्ट हुँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले हात्तीको बढ्दो आतंक नियन्त्रणका लागि सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण गराउँदै आएपनि सुनवाइ भएको छैन ।