२०८३ बैशाख ८ गते , मंगलबार
भद्रपुरको अष्टजाममा कुटाकुट : एक घाइते, चारजना पक्राउ
भद्रपुर नगरपालिका-४ मन्त्री चोकमा आयोजित राधाकृष्णको अष्टजाममा दुई समूहबीच ग्याङफाइट भएको छ । गएराति ९ः३० बजे अष्टजाम हेर्न जाँदा दुई समूहबीच झैझगडा भई कुटपिट हुँदा कचनकवल-४ बस्ने १७ वर्षीय विक्रम माझी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । टाउको र कानमा चोट लागेका माझीको अवस्था मध्यम रहेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर ७ बोक्तोबारी बस्ने वर्ष १८ का आदित्य सहनी , सोही ठाउँ बस्ने वर्ष १९ का रोमन मिस्त्री, वर्ष १८ का विवेक राजवंशी र वडा नम्बर ६ फुटानीचोक बस्ने वर्ष १८ प्रह्लाद राजवंशी रहेका छन् ।