२०८३ बैशाख ८ गते , मंगलबार

बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

sajilo news
झापा
२०८३ बैशाख ८ गते , मंगलबार
बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

उदयपुरको बेलका नगरपालिका–३ सातपत्रे स्थित भित्री सडकखण्डमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

सोमबार बेलुका करिब ८:४५ बजे झण्डा चोकबाट भागलपुरतर्फ जाँदै गरेको प्र. १–०२–००२ ख १५८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बेलका नगरपालिका–३ बस्ने २८ वर्षीय रोमन बस्नेतको घटनास्थलमै ज्यान गएको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईंले बताए ।

घटना लगत्तै पुगेका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाका अनुसार दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–२ चतराका २८ वर्षीय शिखर राना मगरलाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार