२०८३ बैशाख २४ गते , विहीबार

झापामा नाबालिकालाई जबरजस्ती करणी गर्ने आरोपी पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १० गते , विहीबार
झापामा नाबालिकालाई जबरजस्ती करणी गर्ने आरोपी पक्राउ

झापामा नाबालिका जबरजस्ती करणीका एकजना आरोपी पक्राउ परेका छन् भने अर्का फरार भएका छन् । हिजो दिउँसो ४ बजे शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा ताप्लेजुङ सिरिजङ्घा ७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईले सोही गाउँपालिका-५ बस्ने १५ वर्षीया नाबालिकालाई ललाई फकाई लाँदै गरेको अवस्थामा स्थानीयहरुले देखेर इलाका प्रहरी कार्यालय झिलझिलेमा बुझाएका छन् ।

प्रारम्भिक सोधपुछका क्रममा भट्टराईले विवाह गर्छु भनी पटक–पटक जबरजस्ती करणी गरेको खुलेको छ । उनले अन्तिम पटक बैशाख ८ गते राति १० बजे काँकडभिट्टाको बस स्टेण्डमा लगेर जबरजस्ती करणी गरेको खुलेको छ ।

पीडक र पीडितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय झिलझिलेले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ । त्यस्तै शिवसताक्षी नगरपालिका बस्ने ३५ वर्षीय एक व्यक्तिले आफ्‌नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेका छन् ।

ललाई फकाई र डर त्रास देखाई पटक-पटक जबरजस्ती करणी गर्दा ती नाबालिका गर्भवती भएकी थिइन् । पीडकलाई कानुन बमोजिम कारबाही माग गर्दै इप्रका झिलझिलेमा जाहेरी परेपछि उनको खोजी भइरहेको छ । ती नाबालिकाले गत बैशाख २ गते जन्माएको शिशु मृत फेला परेपछि उनलाई पक्राउ गरी म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार