२०८३ बैशाख १५ गते , मंगलबार

झापामा लापसे र मापसे गरी सवारी चलाउने चालक कारबाहीमा

sajilo news
झापा
२०८३ बैशाख १० गते , विहीबार
झापामा लापसे र मापसे गरी सवारी चलाउने चालक कारबाहीमा

झापाको दमकमा लागूपदार्थ सेवन(लापसे) र मादक पदार्थ सेवन( मापसे) गरी सवारी चलाउने चालकहरू कारबाहीमा परेका छन् । दमक नगरपालिका-४ ताराबारीमा गरिएको ट्राफिक प्रहरी चेकजाँचमा पाँच जना कारबाहीमा परेका हुन् ।

जसमा ५४ जना चालक तथा सहचालकलाई लापसे चेकजाँच गर्दा ३ जना चालक तथा २ जना सहचालकको परीक्षणमा पोजेटिभ देखिएको छ भने २ जनाले मापसे समेत गरेको फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राईले बताए । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरिएको उनले जानकारी दिए ।

दमक नगरपालिका र दमक अस्पतालको सहकार्य तथा इ प्रहरी कार्यालय दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड,झापा र ट्राफिक कार्यालय दमकको संयुक्त आयोजनामा सार्वजनिक सवारी चालक तथा सहचालकहरूको लापसे र मापसे स्वास्थ्य परीक्षण तथा यान्त्रिक चेकजाँच गरिएको थियो । 

सम्बन्धित समाचार