बिर्तामोडको होटलमा प्रहरीको छापा, दुई युवतीसहित पाँच जना नियन्त्रणमा
बिर्तामोडको होटलमा प्रहरीले छापा मारेर दुई युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले सोमबार राति पौने ८ बजे बिर्तामोड नगरपालिका-५ स्थित प्रतीक्षा होटेल एण्ड लजमा छापा मारेको थियो ।
होटलमा उनीहरू शङ्कास्पद अवस्थामा बसिरहेका थिए । त्यसपछि प्रहरीले होटल सञ्चालकसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले होटेल सञ्चालक बिर्तामोड नगरपालिका-३ का ३५ वर्षीय निरबहादुर राई, धनकुटा नगरपालिका-१ की २२ वर्षीया सलिना बुढाथोकी, कचनकवल गाउँपालिका-७ की २३ वर्षीया सुनिता शाही, इलाम देउमाई-९ का २० वर्षीय सुजन न्यौपाने र माई- १ का २४ वर्षीय अस्विन सन्जेललाई नियन्त्रणमा लिएको जनाइएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोडमा खुलेआम हुने गरेको यौनजन्य व्यवसाय केही दिनयता घटे पनि केही होटलहरुमा लुकिछिपी यस्तो गतिविधि चल्दै आएको बताइएको छ ।