२०८३ बैशाख १६ गते , बुधबार

झापा गाउँपालिकामा १५० केजी माछासहित एउटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

sajilo news
झापा
२०८३ बैशाख १५ गते , मंगलबार
झापा गाउँपालिकामा १५० केजी माछासहित एउटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

भारतबाट अवैध रूपमा माछा बोकेर नेपाल गरेको आउँदै एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। आज अपराह्न करिब ४ ४५ बजे झापा गाउँपालिका–४ बालुबाडी क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ लुकाइछिपाइ ल्याउँदै गरिएको मरेको माछा करिब १५० केजी बरामद गरेको हो।

उक्त माछाको अनुमानित मूल्य करिब ४५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले माछा ओसारपसारमा प्रयोग गरिएको प्रदेश नम्बर १–०१–००३ प ३९४२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

गस्ती टोलीलाई देख्नासाथ माछा ल्याउने व्यक्ति भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको जनाइएको छ। बरामद गरिएको माछा जनप्रतिनिधि, स्थानीयहरूको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार