२०८३ बैशाख २४ गते , विहीबार

दुई बस ठोक्किँदा दुईजनाको मृत्यु

sajilo news
झापा
२०८३ बैशाख १६ गते , बुधबार
दुई बस ठोक्किँदा दुईजनाको मृत्यु

रूपन्देहीमा दुई बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। ३०  जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरनजिक ईभी हायस  र  बस ठोक्किँदा ५० वर्षीय पदम रायमाझी र ६० वर्षीया रानीकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले  जानकारी दिए।

बुटवल आउँदै गरेको बागमती प्रदेश ०१००६ ख ८९२८ नम्बरको ईभी हायस र बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको बस  ठोक्किएका हुन्।  

ईभी हायसमा रहेका १७ जना र बसमा रहेका १३ जना घाइते भएको र उनीहरूको उपचार मणिपाल शिक्षण अस्पतालमा भइरहेको चन्दले जानकारी दिए।

सम्बन्धित समाचार