२०८३ बैशाख २४ गते , विहीबार

सुरु भयो हावाहुरीसहित वर्षा, सावधानी अपनाउन आग्रह

sajilo news
झापा
२०८३ बैशाख १६ गते , बुधबार
सुरु भयो हावाहुरीसहित वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा अहिले हावाहुरीसहितको वर्षा भइरहेको छ। केही जिल्लामा भारी वर्षा भइसकेको छ। वर्षा अझै राती बढ्ने अनुमान गरिएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेरै आवश्यक सतर्कता अपनाउन भनेको छ। 

हावाहुरी भोलि बिहान करिब ७ः४५ बजे समाप्त हुने सम्भावना रहेको विभागले जनाएको छ। मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना छ।

सम्बन्धित समाचार