२०८३ बैशाख २४ गते , विहीबार

हात्तीले घरको बरण्डामा बसिरहेकी आमा-छोरीमाथि आक्रमण गरेपछि...

sajilo news
झापा
२०८३ बैशाख १७ गते , विहीबार
हात्तीले घरको बरण्डामा बसिरहेकी आमा-छोरीमाथि आक्रमण गरेपछि...

झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । गएराति ८ः३५ बजे मेचीनगर ४ बाहुनडाँगी चोकनजिक बस्ने ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी छोरी १३ वर्षीया यबद्रा बज्राचार्यलाई हात्तीले आक्रमण गरी घाइते बनाएको हो ।

आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा एउटा जंगली हात्ती आई उनीहरू दुवै जनालाई बरण्डाबाट तानी केही परसम्म घिसारेको थियो । दुवै घाइतेहरूको खुट्टा नचलेको बताइएको छ । घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार