२०८३ बैशाख २६ गते , शनिबार

दमकमा आगलागी, दुई लाख बराबरको क्षति

sajilo news
झापा
२०८३ बैशाख १७ गते , विहीबार
दमकमा आगलागी, दुई लाख बराबरको क्षति

दमक । झापाको दमकमा एउटा घरमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। आज अपराह्न करिब ३:४० बजेको समयमा दमक नगरपालिका–८ स्थित युनिक कलेज नजिक बस्ने रमेश दाहालको पक्की ढलान भएको तीन तले घरको माथिल्लो तलामा रहेको किचन कोठामा आगलागी भएको हो ।

किचनमा राखिएको फ्रिजको तार सर्ट भई आगलागी हुँदा अन्दाजी २ लाख रुपैयाँ बराबरको क्षति जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीबाट किचनमा रहेका फ्रिज, भाँडावर्तन, अन्नपात लगायत अन्य सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घरमा लागेको आगो दमक नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित समाचार