२०८३ बैशाख २६ गते , शनिबार

मेची पुलमा खैरो हेरोइनसहित एक जना पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १७ गते , विहीबार
मेची पुलमा खैरो हेरोइनसहित एक जना पक्राउ

काँकडभिट्टास्थित मेची पुलमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी ३१ वर्षीय प्रदीप दाहाल रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले आज साँझ करिब ५:५० बजे मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतको पानीटंकीबाट नेपालतर्फ पैदल आउँदै गरेका दाहाललाई शंका लागेर चेकजाँच गर्दा प्लास्टिकबाहेक ७ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार