२०८३ बैशाख १९ गते , शनिबार

नगद कारोबार गर्ने म्यानपावर कम्पनीलाई कारबाही गरिने

sajilo news
काठमाडौं
२०८३ बैशाख १७ गते , विहीबार
नगद कारोबार गर्ने म्यानपावर कम्पनीलाई कारबाही गरिने

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि सेवा शुल्क बैंकिङ प्रणालीबाट गर्न निर्देशन दिएको छ।  विभागले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्क वापतको रकम अनिवार्य रूपमा बैंकिङ माध्यमबाट प्रयोजन खुलाई बुझाउन निर्देशन दिएको हो। 

उक्त रकम बुझाएको प्रमाण, कागज तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित रूपमा राख्न समेत विभागले अनुरोध गरेको छ।  नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुऱ्याउन कठिन हुने भएकाले कुनै पनि इजाजतपत्रवाला संस्था, सो संस्थाका सञ्चालक, संस्थासँग आबद्ध कर्मचारी / प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जानका लागि या वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगराउन विभागले निर्देशन दिएको हो। 

सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले नगद कारोबार गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने विभागले जनाएको छ। 

सम्बन्धित समाचार