२०८३ बैशाख २६ गते , शनिबार
बिर्तामोडमा कन्सर्टस्थलमै कुटपिट, एक घाइते, तीन पक्राउ
झापा । बिर्तामोड नगरपालिका–५ स्थित मंगलदिप टोलमा सञ्चालन भएको कन्सर्टमा गएराति कुटपिटको घटना भएको छ। राति करिब साढे ११ बजे भएको उक्त घटनामा एक युवक घाइते भएका छन् भने घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार कुटपिटबाट बिर्तामोड–६, स्यालडाँगी निवासी २२ वर्षीय सोम हस्दा घाइते भएका हुन्। उनको अनुहारमा चोट लागेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा इलाम नगरपालिका–१२ घर भई हाल अर्जुनधारा नगरपालिका–११ बस्ने २४ वर्षीय मनिस लिम्बू, अर्जुनधारा–११ का १७ वर्षीय सुजल गजमेर र पाँचथरको हिलिहाङ–७ बस्ने १९ वर्षीय सागर थापालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।