भद्रपुरको सत्सङमा ४० जनाले गरे रक्तदान
भद्रपुर । झापाको भद्रपुरमा “मानव रगत नालीमा होइन, नाडीमा बगाऔँ” भन्ने मूल नारासहित रक्तदान तथा सत्सङ कार्यक्रम सम्पन्न भएको छ।
मानव एकता दिवसको अवसरमा सन्त निरंकारी मण्डल नेपाल उपशाखा भद्रपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा १६ महिलासहित ४० जनाले रक्तदान गरेको सेवादलकी लक्ष्मी गिरीले जानकारी दिइन्। नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सहकार्यमा भएको रक्तदानमा सहभागीहरूले स्वैच्छिक रूपमा रक्तदान गरेको गिरीको भनाई ।

सन्त निरंकारी मण्डल नेपाल उपशाखा भद्रपुरको अध्यक्ष रामचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रोहिता भट्टराई (झापा शाखा मुखी), अजय सिंह (जोनल इन्चार्ज, पटना–दानापुर) तथा लखी दास (सत्सङ इन्चार्ज, भद्रपुर उपशाखा), उषा शर्मा, लक्ष्मी गिरी, भवेश राजवंशी, शिवु दास, पूजा कामती, आशा साफी, मन्दिरा रौनियार, जितेन दास, निरु रौनियार, दुख्नी दास, सुक्मती राजवंशी, निरञ्जन कर्मकार, अशोक गिरी, रतन मण्डल, केशर अधिकारी, अम्बिका अधिकारी, सागर पाण्डे, परमिला भट्टराई, अनिल कुमार शाह, तुल्टुल धर्मेन्द्र राजवंशी र नितिश दास लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सत्सङ कार्यक्रममा आध्यात्मिक प्रवचन, भजन–कीर्तन तथा मानव सेवा सम्बन्धी सन्देश प्रस्तुत गरिएको थियो। वक्ताहरूले मानव सेवा नै सच्चा धर्म भएको उल्लेख गर्दै रक्तदानजस्तो पुण्य कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।