२०८३ बैशाख २६ गते , शनिबार

झापाको कोटीहोममा एकजना मृत फेला

sajilo news
झापा
२०८३ बैशाख २१ गते , सोमबार
झापाको कोटीहोममा एकजना मृत फेला

झापाको कनकाई नगरपालिका-४ स्थित कोटीहोममा एकजना मृत फेला परेका छन् । आज दिउँसो ४ः३० बजे कोटीहोममा शिवसताक्षी नगरपालिका-९ संगम चोक बस्ने ५४ वर्षीय खगेन्द्रकुमार सार्की मृत फेला परेका हुन् । उनी मागी खाई हिँड्ने गरेका थिए ।

मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी नायव निरीक्षक सुवास ढुङ्गानाको कमान्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । मृतककी श्रीमती घटनास्थल आइसकेको र आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार