२०८३ बैशाख २४ गते , विहीबार

झापाका सुकुम्वासीहरू पनि आन्दोलनमा उत्रिए

sajilo news
झापा
२०८३ बैशाख २१ गते , सोमबार
झापाका सुकुम्वासीहरू पनि आन्दोलनमा उत्रिए

बालेन्द्र शाह नेतृत्वको सरकारले धमाधम घर भत्काउन थालेपछि झापाका सुकुमबासीहरु पनि आन्दोलित भएका छन् ।उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामासमेत मागेका छन् । कमल गाउँपालिकाका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्वासीहरूले विराध प्रदर्शनसहित गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपाल, कमल गाउँ कमिटीको आयोजनामा भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्वासीहरूको समस्या समाधानको माग राख्दै प्रदर्शन गरिएको हो । हाल देशभर भूमिहीन तथा सुकुम्वासीहरूले स्थायी बसोबास र भूमि अधिकारको सुनिश्चितताको माग गर्दै आएका छन्। संगठनका अध्यक्ष दीपक गौतम र सचिव सुशील राईको नेतृत्वमा करिब ८ सयजना स्थानीय बासिन्दा, सुकुम्वासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले “भूमिहीनमाथिको आतङ्क बन्द गर,स्थायी बसोबासको ग्यारेन्टी गर” जस्ता नाराहरू लगाउँदै शान्तिपूर्ण रूपमा आफ्नो माग प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा प्रतिनिधिमण्डलले कमल गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र बुझाएको थियो ।ज्ञापनपत्रमा भूमिहीन तथा सुकुम्वासीलाई यथाशीघ्र जग्गा उपलब्ध गराउनु पर्ने ,अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्नुपर्ने ,स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय गर्नुपर्ने माग रहेको छ । कमल गाउँपालिकाका जनप्रतिनिधिहरूले ज्ञापनपत्र ग्रहण गर्दै उक्त विषयमा आवश्यक पहल गर्ने र सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिएका छन्।

सम्बन्धित समाचार