२०८३ बैशाख २९ गते , मंगलबार
श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई जना पक्राउ
काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २७ वर्षीय रमेशकुमार तामाङ र काठमाडौँ महानगरपालिका–९ का २९ वर्षीय प्रभातसिंह प्रधान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।
उनीहरुले चोरीका सामान किनबेच, व्यवस्थापन र बिक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ प्रहरीले उनीहरुको डेराबाट चोरीको मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागुऔषध, चोरीमा प्रयोग हुने औजारलगायत बरामद गरेको छ । तामाङ सानोभर्याङ र सिंह बत्तीसपुतली क्षेत्रमा बसोबास गर्दै आएका थिए।