२०८३ बैशाख २९ गते , मंगलबार

सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीले आक्रमण गरेपछि...

sajilo news
झापा
२०८३ बैशाख २९ गते , मंगलबार
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीले आक्रमण गरेपछि...

झापाको अर्जुनधारा नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्। गएराति ९ बजे मिलन चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक एउटा जङ्गली हात्तीले आक्रमण गरेको हो।

हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको र हाल अवस्था बोल्न सक्ने, सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार