२०८३ बैशाख ३० गते , बुधबार
छत ढलान गर्ने क्रममा खसेर दुई जनाको मृत्यु
सर्लाहीको मलङ्गवामा घरको छतसहित खसेर दुई जनाको मृत्यु भएको छ। मलङ्गवा नगरपालिका–१० स्थित रञ्जित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो।
पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
छतसहित खसेर गम्भिर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।