२०८३ जेष्ठ २ गते , शनिबार

नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका सीईओ पाण्डेलाई रिहाइ गर्न आदेश

sajilo news
काठमाडौं
२०८३ जेष्ठ १ गते , शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका सीईओ पाण्डेलाई रिहाइ गर्न आदेश

सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।  न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो। स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम प्रकरणमा सिइओ पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नियन्त्रणमा लिएको थियो।

त्यसविरुद्ध पाण्डेकी पत्नी निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्। 'अतः बन्दी ज्योति प्रकाश पाण्डेलाई निवेदकले रोजेको निजको तर्फबाट प्रतिनिधित्व गर्ने कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा देश छोडि बाहिर जानु पर्दा अदालतको अनुमति लिएर मात्र जान पाउने तथा अपराध अनुसन्धान तहकीकातको सन्दर्भमा आवश्यक परेका बखत उपस्थित हुने, गराउने गरी कागज गराई धुनामुक्त गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा राखी आरोपित कसूरको अनुसन्धान तहकिकात गर्नु, गराउनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी दिएको छ,' आदेशमा भनिएको छ। 

सम्बन्धित समाचार