२०८३ जेष्ठ ३ गते , आईतबार

झापाको कनकाईमा ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
झापा
२०८३ जेष्ठ २ गते , शनिबार
झापाको कनकाईमा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाको कनकाई नगरपालिका–५ चप्रामारीबाट प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । हिजो साँझ करिब ६ बजे अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी सहायक निरीक्षक छत्रकुमारी श्रेष्ठको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–५ निवासी २६ वर्षीय जितबहादुर लिम्बू (काले) र दमक नगरपालिका–६ निवासी २० वर्षीय प्रदीप रसाइली रहेका छन् ।

शङ्कास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा प्लास्टिकसहित १५ ग्राम २१० मिलिग्राम तथा प्लास्टिकबाहेक ११ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार