२०८३ जेष्ठ ४ गते , सोमबार

झापाबाट चाइनिज स्याउको तस्करी मौलायो, आज फेरि ५४ काटुन् बरामद

sajilo news
झापा
२०८३ जेष्ठ ३ गते , आईतबार
झापाबाट चाइनिज स्याउको तस्करी मौलायो, आज फेरि ५४ काटुन् बरामद

झापाका सीमा नाकाबाट चाइनिज स्याउको तस्करी माैलाएकाे छ । भारततर्फ लैजान लागेको १०४ काटुन चाइनिज स्याउ बरामद गरेकाे करिव दुई सातापछि फेरि ५४ काटुन स्याउ प्रहरीले बरामद गरेको छ । साे स्याउ झापा गाउँपालिकाको लसुना नाकाबाट भारत लैजाने तयार थिए । आज दिउँसो २:५० बजे झापा गाउँपालिका- १ बेलाइतीबारीस्थित वादिरुद्धिन शेखको घरमा स्याउ लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विओपी टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक नारायण तामाङ र इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक चुक्तबहादुर विष्टको संयुक्त टोली खटिएको थियाे । 

संयुक्त टोलीले अवैध रुपमा लुकाई राखेको विलविजक विनाको ५४ काटुन स्याउ बरामद गरेको हो । अन्दाजी ३ लाख २४ हजार बराबरको १०८० के.जी. स्याउ बरामद गरी भन्सार बुझाउने प्रक्रियामा रहेको जनाइएको छ ।

यसअघि गत बैशाख १५ गते झापा गाउँपालिका-१ सालमारास्थित जालिम मियाको घरमा नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा संयुक्त सुरक्षा टोलीले ठूलो परिमाणमा अवैध स्याउ बरामद गरेको थियो । त्यसबेला बिलबिजक बिनाको १०४ काटुन स्याउ फेला परेको थियो ।

सम्बन्धित समाचार