२०८३ जेष्ठ ४ गते , सोमबार

मेचीनगरको मित्तल एग्रोमा आगलागी

sajilo news
झापा
२०८३ जेष्ठ ४ गते , सोमबार
मेचीनगरको मित्तल एग्रोमा आगलागी

 झापाको मेचीनगर नगरपालिका– १३ कालीवारी रोडस्थित मित्तल एग्रोमा आगलागी भएको छ । गएराति ८ः३० बजे बिर्तामोड –३ बस्ने दीपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको मित्तल एग्रोमा अचानक आगलागी भएको हो । आगलागीबाट चामल तथा मकैको च्याँख्ला बनाउने मेसिन पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी छ लाख बराबरको क्षति भएको छ ।

घटनाबारे प्रहरी चौकी चारआलीमा जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोली र फ्याक्ट्रीका कामदारको सहयोगमा राति ९ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार