२०८३ जेष्ठ ५ गते , मंगलबार

भद्रपुरको भीमनगरमा ‘सिलाम साक्मा’ स्तम्भ निर्माण, सिसी क्यामेरा पनि जडान

sajilo news
झापा
२०८३ जेष्ठ ४ गते , सोमबार
भद्रपुरको भीमनगरमा ‘सिलाम साक्मा’ स्तम्भ निर्माण, सिसी क्यामेरा पनि जडान

भद्रपुर ।  भद्रपुर नगरपालिका–३ भीमनगरमा  ‘सिलाम साक्मा’ स्तम्भ निर्माण गरिएको छ। याक्थुङ लिम्बु समुदायको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएकोले स्थानीय दाताहरूबाट सङ्कलित ३ लाख २१ हजार रुपैयाँ बराबरको लागतमा सो स्थानमा  ‘सिलाम साक्मा’ स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माण उपभोक्ता समितिका संयोजक तथा सामाजिक अभियन्ता बिकिन काम्बाङ जानकारी दिए ।

पूर्वी नेपालको मूलवासी याक्थुङ लिम्बु समुदायले परापूर्वकालदेखि आस्थाको प्रतीकका रूपमा प्रयोग गर्दै आएको ‘सिलाम साक्मा’ धार्मिक रूपमा छुट्टै मुन्धुम बोकेको प्रतीक मानिन्छ। यसलाई छातीको देब्रे भागमा लगाउने प्रचलन रहेको बताइएको छ।

‘सिलाम साक्मा’ शब्दको अर्थसमेत विशेष रहेको बताइएको छ। ‘सि’ अर्थात् मृत्यु, ‘लाम’ अर्थात् बाटो र ‘साक्मा’ अर्थात् छेक्नु यसको समग्र अर्थ “मृत्युको बाटो छेक्नु” भन्ने रहेको बताइएको छ । साथै भीमनगर क्षेत्रमा पछिल्लो समय चोरी, लुटपाट तथा सवारी दुर्घटनाका घटना बढ्दै गएपछि शान्ति सुरक्षालाई मध्यनजर गर्दै चोकमा तीन वटा सिसी क्यामेरा पनि जडान गरिएको छ। स्तम्भ र सिसी क्यामेरा जडानमा देश तथा विदेशमा रहेका सहयोगी दाताहरूले सहयोग गरेको अभियन्ता काम्बाङले बताए । 

सम्बन्धित समाचार