२०८३ जेष्ठ ५ गते , मंगलबार

ग्लोबल बैंक दमकका कर्मचारी खड्काले गरे आत्महत्या, परिवारजनले आज प्रहरीमा जाहेरी दिँदै

sajilo news
झापा
२०८३ जेष्ठ ५ गते , मंगलबार
ग्लोबल बैंक दमकका कर्मचारी खड्काले गरे आत्महत्या, परिवारजनले आज प्रहरीमा जाहेरी दिँदै

ग्लोबल आइएमई बैंकका दमक शाखा कर्मचारी पीताम्बर खड्काले आत्महत्या गरेपछि परिवारले आज दुरुत्साहनको मुद्दा दायर गर्ने भएका छन् । हिजो शवको सर्जमिन मुचुल्का गरिएको र आज परिवारले जाहेरी दर्ता गर्न लागेको दमक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खड्काले दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक फोटो फेसबुकमा सार्वजनिक गरेका थिए। उक्त पोस्टमा उनले उनीहरूकै कारण आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका थिए। परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेसँगै सिइओ सुरेन्द्र रेग्मीसहित सिनियर व्यवस्थापक पक्राउ पर्न सक्ने सम्भावना बढेको छ।

हिजो साँझ अन्दाजी ५ः१५ बजे दमक ८ लक्ष्मी मार्ग टोल बस्ने वर्ष ४२ का पीताम्बर खड्काले आफ्नै एकतले पक्की घरको कोठाको सिलिङ फेन झुन्ड्याउने फलामको हुकमा प्लास्टिकको डोरीमा पासो लगाई आत्महत्या गरेका थिए । झुन्डिएको अवस्थामा उनकै बुबा महेश खड्काले देखेर इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार