२०८३ जेष्ठ ६ गते , बुधबार

सशस्त्रको डीआईजी पोखरेल एआईजीमा बढुवा

sajilo news
झापा
२०८३ जेष्ठ ६ गते , बुधबार
सशस्त्रको डीआईजी पोखरेल एआईजीमा बढुवा

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। 

मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो। एआईजी बढुवा समितिको अध्यक्ष प्रधानमन्त्रीको कार्यालयका सचिव र सदस्य गृह मन्त्रालयका सचिव हुन्छन्। आईजी सदस्य सचिव हुने कानुनी व्यवस्था छ।

पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् । एआईजी बढुवा उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ।

सम्बन्धित समाचार