२०८३ जेष्ठ ७ गते , विहीबार

बिर्तामोडको लिची बगानमा एक व्यक्ति मृत फेला

sajilo news
झापा
२०८३ जेष्ठ ६ गते , बुधबार
बिर्तामोडको लिची बगानमा एक व्यक्ति मृत फेला

बिर्तामोड नगरपालिका-७ स्थित लिची बगानमा एकजना अपरिचित व्यक्ति मृत फेला परेका छन् । आज दिउँसो २:१० बजे मिलडाँडाको लिचिबगानमा अन्दाजी ६० वर्षीय वृद्ध मृत फेला परेका हुन् ।

उत्तानो परेको अवस्थामा शव फेला परेका ती वृद्धको पहिचान खुल्न सकेको छैन । कानुनी प्रक्रिया पुरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको बिर्तामोड प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार