२०८३ जेष्ठ ८ गते , शुक्रबार
जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा
यही जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले १४ गते पनि बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय, विद्यालयलगायत चार दिन बन्द हुने भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अजहा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
१५ गते शुक्रबार गणतन्त्र दिवसको बिदा छ भने १६ गते शनिबार परेको छ। सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेका कारण १७ गते पनि कार्यालय र विद्यालय खुल्ने छैनन्। १३ गतेपछि एकैपटक १८ गते खुल्नेछन्।