२०८३ जेष्ठ १० गते , आईतबार

झापा कारागारका एक कैदीको मृत्यु

sajilo news
झापा
२०८३ जेष्ठ ९ गते , शनिबार
झापा कारागारका एक कैदीको मृत्यु

भद्रपुरस्थित झापा कारागारका एक कैदीको मृत्यु भएको छ । पाँचथर साबिक नागी गाविस –९ घर भई हाल जिल्ला कारागार झापामा जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान मृत्यु भएको हो । बिहीबार साँझ ५ बजे श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

त्यहाँबाट थप उपचारको लागि राति ९:४५ बजे ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो । सोही अस्पतालको आइसीयुमा राखी उपचार भइरहेकोमा गएराति ८ः५० बजे चिकित्सकको सल्लाह अनुसार बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । उनको उपचार क्रममा आज बिहान ३ः४५ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका घिमिरेले ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका थिए ।

सम्बन्धित समाचार